मेरो आफ्नै लेख रचनाहरु


जीबन एउटा ओइलाएको फूल !!

कल्पनाको भुमरिमा ओइलाएको फूल
तिमिसंगा माया लाउनु गरेछु ठुलो भूल !
नत तिमी मेरो भएउ नत गएऊ टाढा
त्यसैले अझै पनि माया लाग्छ गाडा!!
कल्पना सपनामा बिग्रिएछ मति !
त्यही सम्झी अझै पनि पोल्छ मेरो छाती
तिम्रो बिना मेरो जीबन अधुरो भो माया
अझै पनि वारिपरी देखाई दिन्छ तिम्रै छाया !!
मुटु भित्र आगो बाल्छ पसिना जिउ भरी
अझै पनि उसकै तस्बीर मनमा आउछ झल झली !!
कल्पनाको भुमरिमा ओइलाएको फूल
तिमीसंग माया लाउनु गरेछु ठुलो भूल !!!



जीवनको दियो !!
सपना सारा भुलाई आखाभरि आसु लिएर जाऊ
मन्दिरमा दियो उज्यालो बनाई जाऊ !!
जनम जनम आखा खुल्ने भावना लिएर जाऊ
एक पटक कहिले नबिर्सिने गरि अंगालो हालेर जाऊ !!
रातलाई पनि तिमीले दिनको जस्तो उज्यालो पारेर जाऊ
फेरी अर्को जुनिमा भेटने तिमीले बाचा कसम खाएर जाऊ!!
अनि मिठो मिठो माया पिरती जीवन भरी लाऊ
अनि मिठो मिठो माया पिरती जीवन भरी लाऊ !!

माया फर्कि आऊ !!
माया तिमी छोड़ी जानेलाई फेरी फर्काऊदैछु
कल्पनिमा सपनीमा बिपनीमा !
भूल भयो पिरतिमा माफी माग्ने ठाऊ छकी
पुनर्मिलन पनि तोड़ी अन्ताई जाने गाउ छकी !!
तिमी साथ आउनै पर्छ एक्लै बसन गारो हुन्छ
लुकाएर आफु सबै जीवन मरन गारो हुन्छ !!
एकान्तमा किन किन तिम्रै नै याद आउछ
एक्लो हुदा अझै पनि आखा घरी घरी रसिन्छ !!
प्रेमको निशाना मेरो दिलमा मेटाई जाऊ
बलेको चितामा बत्ति निभाई जाऊ
काल्पनिमा सपनीमा बिपनीमा फेरी फर्कि आऊ !!


तपाईंलाई नेपाली कबिता गजल साहित्यहरुमा रुची भने Please यहाँ क्लिक गर्नुस कबिता गजल साहित्य पढ्नु होस !!!!




हिमालमुनी तराई माथी पहाडलाई सलाम हजुर
त्यही पहाडको नेपाली नेपालको कलम हजुर ।।
परदेशमा पनि हाम्रा धेरै संस्कृति छन्
तीनैलाई जोगाउन सबै लागि पर्छन्
नेपालीपन बचाउने मनहरुलाई सलाम हजुर
पोख्छु नेपालीपन नेपालको कलम हजुर
अनौठो यो प्रकृति नै बर्णनयोग्य भए पनि
दुख सुख जनजीबनका हजार बिषय भए पनि
आफनै भाषा प्यारो लाग्छ त्यही भाषालाई सलाम हजुर
बोल्छु नेपाली मै नेपालको कलम हजुर
सुख सुबिधा भोग गरी परदेशमा बसे पनि
जाडोसंग लडाई गर्दा दुई चार पैसा खसे पनि
आफनै माटो प्यारो लाग्छ त्यही माटोलाई सलाम हजुर
बगाउंछु नेपाली मसी नेपालको कलम हजुर
समुद्रको छालभन्दा गण्डकीको कोलाहल मीठो
रेलयात्रा ट्युबयात्रा भन्दा मेरो देशको पैदल यात्रा मीठो
आफनै देश प्यारो लाग्छ मेरो देशलाई सलाम हजुर
गाउंछु नेपाली गीत नेपालको कलम हजुर

मायामा  निर्दयी  खेल !!!!

खेल रहेछ जीवन मेरो जसो खेले पानी हुने !
सत्य रहेनछ यो माया जसो बोले पनि हुने !!
दुख सबै सहौ भन्थेउ हामी दुबई मिलि मीली !
एक्लो परेउ जिउदै मारेउ पारेउ छीलि बिली !!
आशु पुछ्न सकने भये किन हिडथे पागल सरी !
गुम्सिएका पीड़ा सबै चडाई दिन्थे मन्दिर भरी !!
जसले बाचा गर्छन यहाँ आशु झारि झारी !!
छुरा घोपी छोड़ी जान्छन एक्लै पारी हासि हासी !!

पिरतीको खेल
आशु बनि झरिदियौ परेलिको डिलमा!
चोट्हरू दुखेको छ कति बाचौ प़िरमा !!
भष्म भयो जीबनका रहर सबै जलि !
हिड्दा हिड्दै सीतलहरु गए सबै ढलि !!
सपनाहरु कति थिए मन मष्तिक भरि !
धोका दिएऊ तिमीले मलाई बने पागल सरि !!
मागे बरदान ख़ुशी दिऊन उनलाई जीबन भरि !
उमंग बाची रहोस जीबन अजम्बरी फूल सरि !!
त्यसैले बार्न खोजे मेरा मनलाई काडे तार बनि !
किन आउछ तिम्रै याद फेरी घरी घरी पनि !!
हराएको यात्री
 

नखोज है मलाई जन्मभुमिको ठाउ ठाउमा
म त गाउ घरलाई छाडी क्षितीज पारी गैसकेको छू !!
नखोज है मलाई सदैको गाउ घरको ठेगानामा
म त अब बिरानो परदेशी भैसकेको छू !!
नखोज है बसन्त रितुको हरियालिमा
म त उजाडै उजाड़ मरुभूमिमा हराईसकेको छू !!
नसम्झिनु है मलाई कुनै खुसियालीमा
म त दुखी संगै आशुको भेलमा डूबी सकेको छू !!
नहराऊ है मीठा मीठा उमंगको सपनामा
म त सदैको लागी आखा बन्द गरिसकेको छू !!
नखेल है सदै तिम्रा बाहिरी मनका भावनामा
म त सदैको लागी ढुकढुकी बन्द गरिसकेको छू!!
म त सदैको लागी ढुकढुकी बन्द गरिसकेको छू !

किन छोड़ी गयऊ निस्ठुरी
किन छोड़ी गएउ मलाई कति माया मैले  गर्थे होला ! 
तिम्रै निम्ति भगवान संग कति मैले प्राथना गर्थे होला !! 
हिमाल जस्तै अटल माया तिम्लाई मैले दिन्थे होला !
बैगुनी नै भए पनि राम्रा भनी चिन्थे होला !!
आशु पुछ्न सकने भए खुसी पनि साटथे होला !
लुकाएका तिम्रा पीड़ा मैले सबै बाडथे होला !!
मुटु माथि ढुंगा राखि एक्लै किन रुन्थे होला !
घाउ ब्यथा पिडा सबै मेरै मनमा लिन्थे होला !!

जीबन समर्पण
हिमाल जस्तै अटल माया तिम्लाई  मैले दिन्थे होला !
बैगुनी नै भए पानी राम्रा भनि चिन्थे होला !!
आशु पुछन सक्ने भए खुसि पनि साठथे होला !
लुकाएका तिम्रा पीड़ा मैले सबै बाडथे होला !!
मुटु माथी ढुंगा राखी एक्लै किन रूनथे होला !
घाउ ब्यथा पीड़ा सबै मेरै मनमा लिनथे  होला !!


स्वार्थी दुनिया
कति हास्छौ हासी राख भित्र मन रुए पनि !
किन हिडनु दुनियामा भित्र भित्रै पागल बनि !!
तिम्रा पनि मेरो जस्तो एउटा सानो कथा होला !
बाहिर जति हासे पनि मुटु भित्र चोट होला !!
मेरो जस्तो पीर ब्यथा तिमीले पनि पाएउ होला !
घातै घातको छुराहरू तिमीले पनि खायेउ  होला !!
पिरतीको खेलमा यस्तै हुन्छ कहिले काही !
भित्र मन रुए पनि बाहिर हास्नु पर्छ आखा खोली !!