Tuesday, February 15, 2011

जीवन यो आखिर संघर्ष नै हो
प्रेम पत्र क्षितीजपारी बस्ने मुटुलाई…………….!
छोटो जीवनको अन्तिम घडी सम्म चोखो माया एवं अविरल सम्झनाका कोसेलीहरु क्षितीजपारी बस्ने मुटुलाई ....
मुटु शरिरीकरुपले स्वस्थ्य रहपनि मानसिक रुपले अवस्थ भएकी छु हजुरको यादले पलपल फेरी सताइ दिन्छ आफैले आफैलाई सम्माल्न सक्दिन फेरी आफै सम्मालिन्छु पून मिलनको आशा गर्छु


मुटु माया प्रेममा परेपछि मान्छेहरु अन्धो झै हुन्छ भन्थे हो जस्तो लाग्दैछ किनकी हजुरको लागि जस्तो सुकै कठोर परिस्थितको पनि सामाना गर्न तयार छु हो मुटु मेरो शरिरको प्रत्येक नशाहरुमा बग्ने रगतमा केबल हजुरको सम्झनामात्र बगिरहेको छु कहीले यस्तो लाग्छ भुल गरेछु प्रेम गरेर यदि प्रेम नगरेको भए यसरी तड्पिएर वाच्नुपर्ने थिएन मुटु कुन बेला कहाँ जीवनको अन्त्य हुने हो यसै भन्न सकिन्न तर पनि मलाई केही नभई दिए हुन्थ्यो जस्तो लाग्छ पहिला बुबाआमाको लागि भए पनि वाचेर केही गर्नु जस्तो लागथ्यो तर आज मेरो मुटुको लागि भएपनि वाच्नु पर्छ भन्ने लाग्छ <
हजुरलाई पनि कुशल मंगल नै होला सायद हजुरलाई पनि मेरो यादले सताउदो हो मेरो मुमटुको टुक्रालाई कही केही नभई दियोस भनि हरहमेशा प्रार्थना गर्दछु मुटु भुलेर पनि Ïनो कर्तब्य देखी टाढा नहुनु विसे्रर पनि गलत पाइला नचाल्नु सदा दिगो सहि कार्य गर्दै जानु यही चाहान्छु धन सपथोक हैन तस्रथ मेरो मुटु गलत पाइला चालेर नहिडिदिनु चाहान्छु हजुर एक इमान्दार ब्यक्ति बन्नुस सबैले हजुरको दिल खोलेर प्रशंसा गरुनु मुटु कहिले कहि यस्तो लाग्छ हजुरले मलाई भावनामा बगेर प्रेम गर्नु भएको हो कि कतै मलाई विचै बाटोमा छाडी पराइको भैदिने हो की जस्तो लाग्छ मुटु भावनामा बगेर गरेको प्रेमले पछि दुःख पाउछ यसैले मानिस यथार्थमा जिउन सिक्नु पर्छ आज मलाई हजुरले भावानामा बगेर यस्तो गर्छु तिम्रो सबै ब्यवहार मनपर्छ इत्यादी कुरा गर्नु भयो भोली यर्थाथताको धरातलमा उभिदा त्यही कुरा हजुरलाई ठिक नलाग्न सक्छ त्यही कारणले दुवैको सम्बन्ध बन्धन बन्न सक्छ
जीवनको यस्तो बोझ बन्छ त्यसलाई बोक्नै सकिन्छ नत विसाउन नै तसर्थ मैले भन्ने गर्छु मायाको आकाशमा उड्नु भन्दा पहिले नै ब्यवहारीक धरातलमा बसेर जिउन सिक्नु पर्छ यस्तो भएमा पछिको भविश्य राम्रो हुन्छ दामपत्य जीवन खुशी साथ जिउन सकिन्छ <
त्यसैले हजुर नमिठो होस तर स्विृकार्न तयार छु तसर्थ साचो बोल्नुस पछि हामी दुवै एक अर्काका लागि बोझ नबनौ अन्य नारी भन्दा पृथक छु त्यसैले होला आज सम्म मैले यसरी कसै संग मनको भाव अभिब्यक्त गरिन गर्न पनि चाहिन सबै साथीभाईको जोडी देखीएको थियो तर मैले कहिलै देखी मेरो पनि त्यस्तै जोडी होस संगै घुम्न जाउ भनेर भविश्य देखी चिन्तित छु अरुको जिन्दगी कतै मेरो जीवनमा पनि त्यस्तै भयो भने डराउथे सबै गाउको मान्छेले तिम्रो प्रेमी कहा भनेर सोध्ने गर्थे छैन भनौ भने नपत्याउने हुदा भन्ने गर्थे क्षितीज पारी बस यहि भन्ने गर्थे मैले प्रेम पत्र कहिलै पढिन मैले मेरो साथीलाई भन्ने गर्थे एसएलसी पास भएपछि मात्र प्रेम पत्र खोलेर हेर्छु कसैलाई अरुसंग प्रेम गर्छु भन्थे यसरी जीवन बिताउदै थिए आज हजुरको यादमा पलपल तड्पिएर वाचिरहेकी छु जुन दिन मैले हजुरलाई देखे त्यही दिनदेखी मैले हजुरलाई हृदयमा सजाय Ïनो उमेरको जीवन साथी भन्दा केही माथिको होस मैले होइन उसले मलाई समालि दियोस भन्ने सोच्थे

मैले हजुरलाई देख्ने वित्तिकै हजुरको केही शब्द सुन्ने वित्तिकै मैले हजुर एक ब्यवहारीक पुरुष त्यसमा पनि धेरै संघष गरि सक्नु भएको पाए मैले सोचेको जीवनसाथी हजुर जस्तै त्यसैले मैले हजुरलाई हृदयको स्पन्दन देखी स्विृकार्य हजुर रुपले जस्तो सुकै हुनुस मैले रुपसंग प्रेम गरेको हैन हृदय संग हो तसर्थ बस मनलाई सफा राख्नुस मलाई विश्वास हजुरले पनि मेरो रुपसंग हैन हृदयसंग प्रेम गर्नुभएको
यदी रुपको धनि नभएपनि हृदयको धनि अवश्य बनौला हजुरलाई जीवनभर माया गरि बसौला दुःख,सुख जे भएपनि संगै संगै जिउला हासे संगै रोए संगै जे जस्तो भएपनि जुनी जुनी संगै जीउला हुन्न प्रमे गर्नेहरु पाउन सकिन भने मार्छुमर्छु भन्छन् तर कसैले संगै मर्ने संगै वाच्ने कसम खान्छन् तर माथी दुबै संवाद बोल्न सक्दीन साचो प्रेम गर्नेहरुले मर्ने कुरा कहिलै गर्दैनन् बरु जीवन जिउन सिकाउछन सत कर्म गर्न सिकाउछन भने कोही पनि संगै मर्न सकिन्न वाचुजेल साथ दिन सकिन्छ तर संगै मर्न सकिन्न मृत्यु नै समस्याको समधान हैन
अच्चम ! लाग्यो होला हजुरलाई कतै रिस पनि उठ्यो होला सबैका प्रेमी प्रेमीकाले कति मिठा मिठा शब्दहरु लेखेर पठाउछन् Ïनो चाही नमिठो शब्दले भरिएका पत्र आउछ भनेर तर के गरु मुटु आफुलाई झुटो लेख्न आउदैन यदी मेरो माया लाग्दैन मेरो भावना मन पर्दै सत्य लाग्दैन भने मसंग जीवन बिताउन सकन्नु हुन्न जस्तो लाग्छ भने भन्नु हजुरको जीवन देखी टाढा टाढा गइदिन्छु कसैको जिवनमा बोझ भएर हैन सहयोगी भएर आउन चाहान्छु चाहेको कुरा सबै कहा पाइन्छ यदि चाहेको कुरा सबै प्राप्त हुने भए संसारमा दुःखी कोही हुने थिएन त्यसैले हजुर देखी टाढिनु पर्यो भने सम्झने छु नियतीको खेल यस्तै हो

हजुरको दुःख देख्न सक्दिन हजुरको खुशीको लागि केही त्याग गर्न तयार छु हजुर पनि मेरो खुशिको लागि त्याग गर्न तयार हुनुहोस यस्तो भयो भने जीवन खुशी साथ जिउन सकिन्छ मानिसको जीवनमा १०० प्रतिशत खुशी हुन्छ तर ९९ प्रतिशत Ïनो जीवनसाथी बाट प्राप्त हुन्छ यदी जीवन साथी Ïनो दुःख सुख नबुझने भयो भने जीवन अर्थहिन बनिदिन्छ
हाम्रो जीवन यस्तो अर्थहिन नभइदियोस भन्ने मेरो चाहाना हो काचको सानो हुरीले पनि हलचल गरि फुटाइदिने कम्जोर नहोस हाम्रो प्रेम सदा सदा रहने अटल अझर अमर मजबुद होस भन्छु हजुरले मलाई दुईवटा पत्र पठाइ सके भनि झुटो बोल्नु भयो त्यस्तो कुराले साह्रै दुःखी छु जस्लाई आफनो मुटु ठाने त्यसैले झुटो बोल्दा कस्को मन दुःखदैन
पनि रौए त्यो पल मनमा अनेकौ शंका उपशंकाले सताइरहयो कतै हजुरले मलाई माया गर्नु हुन्न की जस्तो लाग्यो कतै हजुरले पहिलो प्रेमीकालाई भुल्न नसकि उसैको यादमा पर्खाइमा हुनुहुन्छ जस्तो लाग्यो
छाडौ यी प्रसंगलाई मुटु मनको कुरा पत्रमा मात्र खोल्न सकिन्छ फोन मार्फत खोल्न सकिन्न हजुर Ïनो पि्रया नेपाल छोडी विदेशीनु भएको फोन गर्दा थोरै कुरा गर्न नपाउदै धेरै खर्च हुन्छ तसर्थ फोन गर्नुस भन्दिन बस मिसकल गर्नुहोस

No comments:

Post a Comment