कम्पुटर सम्बन्धि टिप्सहरु



कम्प्युटर भाइरस लक्षण, पहिचान र उपचार केही टिप्सहरु !!!
अहिलेको युग कम्प्युटरको युग हो । केही वर्ष अगाडिसम्म अध्ययन संस्थान, स्कूल कलेज वा कार्यालयहरूमा मात्रै सीमित रहेको यो उपकरण, आज घर-घरको जरुरत भइसकेको छ । टेलिफोन र टेलिभिजन जस्तै बिस्तारै यो पनि अब विलासीता को वस्तु नभई आधारभूत आवश्यकता बन्दैछ ।
सायद हरेक क्षेत्रमा सुविधा र समस्या सँगसँगै आउँछन्। त्यसरी नै कम्प्युटरको प्रयोग र उपयोगीता जति बढ्दैछ, यसको सुरक्षाको समस्या पनि त्यत्ति नै मात्रामा झन् झन् गम्भीर बन्दै गइरहेको छ । दिनदिनै बन्ने नयाँ नयाँ भाइरस र यीनले संक्रमणका लागि उपयोगमा लिने नविनतम माध्यमका कारण कम्प्युटर भाइरसको समस्या झन् झन् जटिल हुँदै गइरहेको छ ।
 हुन त कम्प्युटर आफैँमा एउटा अत्यन्त विविधता पूर्ण एउटा यन्त्र हो र यसमा स्थापना गरिने थिरीथिरीका आपरेटिङ्ग सिस्टम र सफ्टवेयरहरूले यसलाई अझै जटिल बनाएको हुन्छ । त्यसैले एउटा सानो पोस्टमा भाइरसको रोकथाम वा पूर्ण उपचारको बारेमा लेख्नु असम्भव नै छ, तैपनि सामान्य अवस्थामा भाइरसको समस्या समाधान गर्न के के गर्न सकिन्छ भन्ने वारेमा यो पोस्टमा सानो चर्चा गर्दै छु:
भाइरसको रोकथाम:
मानव शरीर र कम्प्युटर भाइरस, संक्रमणको हिसाबमा केही समान छन् त्यसैले भाईरस संक्रमण पछि त्यसको उपचार गर्नु भन्दा सकेसम्म कम्प्युटरमा भाइरस लाग्न नदिने तर्फ सोच्नु पर्छ । सामान्यतया विभिन्न तरिकाबाट भाइरस इन्टरनेट, अर्को कम्प्युटर वा नेटवर्कबाट कम्प्युटरमा प्रवेश गर्ने भएकोले इन्टरनेट चलाउँदा, अन्य पोर्टेवल मिडिया वा मोबाईल फोन आदि कम्प्युटरमा जोड्दा सावधानी अपनाउनु पर्छ । स्थानीय क्षेत्र सञ्जाल वा लोकल एरिया नेटवर्क (LAN) आदिमा काम गर्दा कम्प्युटरका फायरवाल सक्रिय गराउनु पर्छ। इन्टरनेटको माध्यमबाट सक्रमण हुनसक्ने भाइरसबाट सुरक्षाको लागि, आफ्नो ब्राउजरलाई सधैँ अपडेट गर्ने, वा फायरफक्स, गुगल क्रोम आदि सुरक्षीत व्राउजर प्रयोग गर्ने गर्न सकिन्छ ।
अनावश्यक रहेको अवस्थामा कम्प्युटरमा रहेका ब्लुटुथ, फाईल सेरिङ फिचर र वाइफाई आदि बन्द गर्नु पर्छ । कम्प्युटरमा कुनै राम्रो एन्टिभाइरस राख्ने र समय समयमा अइडेट गर्ने गर्नु पर्छ ।
प्राय: रिमुवेबल मिडियाबाट सर्ने भाइरसहरु स्वत: चल्ने वा “अटो प्ले” हुने भएकोले कम्प्युटरका रिमुवेबल मिडिया लाई “अटो प्ले” नहुने गरी सेटीङ्ग गर्नु राम्रो हुन्छ ।
उपचार: माथि भनेजस्तै कम्प्युटरलाई सुरक्षित राख्नु सबैभन्दा राम्रो उपाए हो, तर यदि कम्प्युटरमा भाइरस प्रवेश गरिसकेको छ भने के गर्ने त ?
सामान्यतया भाइरसको पहिचान र निराकरण गर्ने तीनवटा तरिका छन् । त्यसबारेमा यहाँ सामान्य चर्चा गर्दैछु :
भाइरसको म्यानुअल वा प्राकृतिक उपचार:
हुन त यो तरिका सधैँ उपयोगी वा प्रभावकारी नहुन सक्छ। तर इन्टरनेट सुविधा वा एन्टिभाइरस उपलब्ध नभएको अवस्थामा यो विधि अपनाउन सकिन्छ ।
प्राय: कम्प्युटर भाइरसहरु कम्प्युटर बुट हुनेबेलामा कम्प्युटरसँगै स्वत: खुल्ने (अटोस्टार्ट हुने) गर्छन् । त्यसैले यस विधिमा कम्प्युटर खुल्दा आफैँ खुल्ने प्रोग्राम वा ‘सर्विसहरु’ को निगरानी गरिन्छ । यदि कम्प्युटरमा आफूले नहालेको वा आफूलाई जानकारीमा नरहेको प्रोग्राम वा सर्विस चलेको देखिएमा त्यसलाई म्यानुअली नै हटाइन्छ । हरेक भाइरसको प्रकृति र गुणहरु फरक-फरक हुने भएकाले यो तरिका सबैमा एकै तरिकाबाट लाग्दैन् । तर प्राय: विण्डोजका अपरेटिङ सिस्टम भएका कम्प्युटरमा Start>>Run हुँदैं Msconfig टाईप गरेर 'Enter' दबाएपछि खुल्ने वीण्डोमा ‘Startup’ दबाएर कम्प्युटर बुट हुँदा स्वत: खुल्ने प्रोग्राममा कुनै शंकास्पद प्रोग्राम भए नभएको हेर्न र त्यसलाई निस्क्रिय पार्न सकिन्छ । त्यस्तै Services भन्दा तल रहेको "Hide all Microsoft services" मा चेक मार्क लगाएर पनि कम्प्युटर सुरु हुँदा स्वत: चल्ने सर्विसहरुको लिस्ट हेर्न सकिन्छ ।
यदि दुवै ट्याब मुनि कुनै संदिग्ध प्रोग्राम वा सर्विस देखिएमा त्यसको अगाडिको चेकमार्क हटाएर त्यसलाई निष्क्रिय गर्न र साधारण बुटमा डिलिट नभए Safe mode मा कम्प्युटर चलाएर डिलिट गर्न सकिन्छ । साथै पहिचान भएका भाइरस बारेका सूचनाहरु कम्प्युटरको रजिष्ट्रीबाट पनि हटाउनु पर्छ । तर यो प्रकियामा कम्युटरलाई आवश्यक पर्ने प्रोग्राम वा सर्विस निष्क्रिय वा डिलिट भएमा कम्प्युटर बुट नै नहुनसक्ने समेत भएकोले यो काम पक्का भएपछि होशियारी पूर्वक गर्नुपर्छ।
एण्टी भाइरसको प्रयोग:
माथि भने जस्तै भाइरस म्यानुअल हटाउने उपाय एकदमै प्रभावकारी र सरल नभएकोले प्राय: भाइरस हटाउन एण्टिभाइरसकै प्रयोग हुने गर्छ। भाइरस हटाउन यो प्रभावकारी र सरल विधि हो।
एण्टिभाइरसको प्रयोगको बारेमा बजारमा हाल स:शुल्क र नि:शुल्क धेरै किसिमका एन्टिभाइरसहरू उपलब्ध छन् । यहाँनेर एउटा उल्लेख गर्नै पर्ने कुरा के छ भने सफ्टवेयरको सम्बन्धमा जत्ति महँगो भयो उत्ति राम्रो भन्ने कुरा सधैँ लागू हुँदैन। साथै ‘नाम चलेका’ सफ्टवेयर नै सधैँ अब्बल पनि हुन्छन् भन्ने कुरा पनि गलत हुन सक्छन् ।
हुन त, सबैको आ-आफ्नै चयन हुनसक्छन्, तर मेरो आफ्नो अनुभवमा भने हाल उपलब्ध पाँच उत्कृष्ट नि:शुल्क एन्टिभाइरसका नाम र डाउनलोड गर्ने ठेगाना निम्न अनुसार छन्:
AVG Free

Microsoft Security Essentials

Avira AntiVir Personal

avast! Free Antivirus

PC Tools AntiVirus

अनलाइन भाइरस स्क्यान:म्यानुअल भन्दा केही सजिलो तर कम्प्युटरमा एन्टिभाइरस इन्स्टल नगरी भाइरस हटाउन सकिने यो अर्को विधि हो । यदि तपाई कम्प्युटरमा कुनैपनि एन्टिभाइरस राख्न चाहनुहुन्न वा तपाईँको कम्प्युटरमा एन्टिभाइरस सफ्टवेयर छैन र तपाईँसँग उच्च गतिको इन्टरनेट छ भने तपाई यो विधिबाट पनि कम्प्युटर स्क्यान र भाइरस हटाउन सक्नुहुन्छ । इन्स्टल गरिरहनु नपर्ने भएकोले केही सजिलो भएपनि अनलाइनमा स्क्यान हुनेहुँदा यो विधि कम्प्युटरमै राखिएको एण्टीभाइरस जत्ती छिटो छरितो भने हुँदैन् ।
अनलाइन भाइरस स्क्यान गर्न मिल्ने केही सेवा प्रदायक र तीनका ठेगाना यस प्रकारका छन्:

ESET Online Scanner

F-Secure Online Scanner

Panda ActiveScan

MCAfee FreeScan

यी बाहेक Kaspersky File scannerVirus Chief ले पनि कम्प्युटरमा भएका सन्दिग्ध वा शंकास्पद फाईल भाइरस भए-नभएको निर्क्योल गर्न मद्दत गर्छ । स्मरण रहोस यी मध्य केही साईटहरु केवल ईन्टरनेट एक्सप्लोररमा मात्रै खुल्न सक्छन् ।
अन्तमा कम्प्युटर भाइरस सम्बन्धमा केही भ्रम र तथ्यहरू:
भ्रम तथ्य

ईन्टरनेट नजोडिएको कम्प्युटरमा भाइरस लाग्दैन्
ईन्टरनेट नभए पनि पेन ड्राइव, सिडि, मोबाइल फोन र कम्प्युटर सँग जोडिएका डिजिटल क्यामरा बाट समेत भाइरस सर्न सक्छन् । भाइरस लागेपछि कम्प्युटर कामै नलाग्ने हुनसक्छ ।

भाइरसले डाटासम्म विगार्न सक्ने भएपनि कम्प्युटर हार्डवेयर भने विगार्न सक्दैन

.exe फाइलमा मात्रै भाइरस हुन सक्छन् ।

.exe मात्रै हैन, आजकल फ्ल्यास, पिडिएफ अनि वर्ड र एक्सेलको रुपमा पनि भाइरस आउन सक्छन् ।

कम्प्युटरका समस्या भाइरसका कारणले मात्रै आउँछन्

अधिकांश समयमा कम्प्युटरका समस्या भाइरसका कारण नभएका पनि हुन सक्छन् ।

फायरवाल ईनेवल गरेपछि एन्टिभाइरस नहाले नि हुन्छ ।

फायरवलाले नेटवर्कबाट छिर्ने केही शंकास्पद गतिविधिको निगरानी गर्ने भएपनि भाइरसबाटै बचाउन सक्दैन् ।

प्राय: भाइरस बनाउनेले ठुला ठूला कम्पनी र व्यक्तिका कम्प्युटरलाई मात्रै निसाना बनाउँछन् ।

भाइरस सरुवा रोग जस्तै हो, जुन, जस्तो कम्प्युटरमा पनि लाग्न सक्छ ।

माथि उल्लेख गरि सकिएको छ। भाइरस कम्प्युटरका लागि हानिकारक भएपनि भाइरस लाग्ने बित्तिकै आत्तिनु पर्दैन। एन्टिभाइरसको प्रयोग गरेर वा नगरीकनै पनि कम्प्युटर भाइरसलाई हटाउन सकिन्छ र यही पोस्टमा बताइएका केही सतर्कता अपनाएको खण्डमा यसको संक्रमण हुनुबाटै बच्न पनि सकिन्छ
के हो त कम्प्युटर भाइरस?
कम्प्युटर भाइरस के हो भन्ने बारेमा भिन्न भिन्न व्याखा बनेका छन् । तर प्राविधिक शब्दावलीको प्रयोग वा जटिलतम परिभाषा नगरी साधारण भाषामा भन्ने हो भने कम्प्युटर भाईरस पनि कम्प्युटरका अन्य सफ्टवेयर जस्तै गरी लेखिएका (बनाइएका) एक किसिमका प्रोग्राम नै हुन् । जुन प्राय: एकदमै साना आकारका तर शक्तिशाली हुन्छन् र कम्प्युटर प्रयोगकर्ताको जानकारी बिना वा इच्छा बेगर कम्प्युटरमा प्रवेश गर्छन् र कम्प्युटरका लगि हानिकारक हुन्छन् ।
माईक्रोसफ्टका अपरेटिङ सिस्टम वा विण्डोजको मात्रै कुरा नगर्ने हो भने कम्प्युटर भाइरसको इतिहास पनि धेरै पुरानो भइसको छ र कम्प्युटर भाइरसको कुरा सन १९४९ बाट नै सुरु भएको थियो । हुन त त्यतिबेला ‘कम्प्युटर भाइरस’ भन्ने शब्द प्रयोग भएको थिएन तर १९४९ मा University of Illinois मा एकजना हंगेरियन-अमेरिकी गणितज्ञले "Theory and Organization of Complicated Automata" भन्ने बारेमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । जसमा उनले आफैँले आफ्नो प्रतिलिपि तयार गर्न सक्ने कम्प्युटर प्रोग्रामको बारेमा चर्चा गरेका थिए।

बैभन्दा पुरानो कम्प्युटर भाइरस कुन हो भन्नेमा सामान्य मतभेद रहेपनि ७० दशकताकाको Creeper virus, ८० को दशकमा विकसित Elk Cloner आदि पुराना भाइरसमा गनिन्छन् । हालैका कुरा गर्ने हो भने १९९९ मा निस्केको मलेसिया वर्म, सन. २००० को आइ लव यु भाइरस, २००४ को माइडोम अनि २००७ को स्टार्म आदि केही घातक र नाम चलेका भाइरस हुन्, जसले लाखौँका सङ्ख्यामा कम्प्युटरहरूलाई संक्रमित गरे र करौडौँको क्षति पनि।

कम्प्युटर संक्रमित भएको कसरी थाहा पाउने त?
जसरी मानव शरीरमा रोग लागेपछि त्यसका लक्षणहरु देखिन्छन्, त्यसरी नै कुनै पनि कम्प्युटर भाइरसद्वारा संक्रमित छ भने त्यसमा सो को प्रतक्ष लक्षणहरु देखिन्छन् नै। भिन्न प्रकृति र पृथक गुणका कारण हरेक भाइरसका असर फरक-फरक भएपनि कम्प्युटरमा भाइरस छन् भने कम्प्युटरमा तीनका लक्षण निम्न अनुसार कुनै वा सबै पनि देखिन सक्छन् :
कम्प्युटरको गति पहिलाको भन्दा मन्द हुँदै जानु ।
कम्प्युटर बुट गर्दा र सटडाउन गर्दा सामान्य भन्दा बढी समय लाग्नु ।
कम्प्युटर मनिटरमा छिन-छिनमा विभिन्न ईरर मेसेजहरु देखिनु । कम्प्युटर आफैँ बन्द हुनु वा रि-स्टार्ट हुनु ।
अपरिचित वा आफैँ बनेका फाईल-फोल्डरहरु देखिनु ।
टास्क मेनेजरमा हेर्दा शंकास्पद वा अपरिचित प्रोसेसहरु चलेको देखिनु ।
पहिला चलिरहेका कुनै प्रोग्राम नचल्नु वा आफूले नचलाएको कुनै प्रोग्राम वा वेबपेजहरु आफैँ खुल्नु ।
कम्प्युटरका अन्य असामान्य गतिविधि आदि ।
मेरो कम्प्युटरमा त एन्टिभाइरस छ नि त !
तपाईँको कम्प्युटरमा कुनै एन्टिभाइरस छ र तपाईँ आफ्नो कम्प्युटर सुरक्षीत छ भन्ने ठान्नुहुन्छ भने पनि त्यो सधैं सहि हुँदैन । किनकी अहिलेको समयमा दिनमै सयौं का सङ्ख्यामा नयाँ नयाँ भाइरसहरू बनिरहेका हुन्छन् र यदि समय समयमा एन्टिभाइरस अपडेट भइरहेको छैन भने कम्प्युटरमा इन्स्टल गरिएको एन्टिभाइरस पनि 'धार नभएको हतियार' जस्तो हुने हुनाले त्यसले काम नगर्न सक्छ । यस अवस्थामा तपाईँको कम्प्युटरमा स्थापित कुनैपनि एन्टिभाइरसले काम गरेको छ कि छैन भनेर जाँच्न पनि सकिन्छ ।
के तपाईँको एन्टिभाइरसले काम गर्दैछ ?
साधारणतया नक्कली भाइरस बनाएर कम्प्युटरको एन्टिभाइरसले काम गरे नगरेको जाँच्ने प्रचलन छ र त्यसमा पनि European Institute of Computer Antivirus Research ले बनाएको 'EICAR test' भनिने प्रक्रिया एकदमै प्रचलित छ । यदि तपाईँ पनि यो विधि द्वारा आफ्नो एन्टिभाइरसले काम गरे नगरेको जाँच्न चाहनुहुन्छ भने आफ्नो कम्प्युटरमा रहेको Notepad खोल्नुहोस र त्यसमा तलको लाइन जस्ताको त्यस्तै कपि-पेस्ट गर्नुहोस:
अब सो टेक्स्टलाई डेस्कटप वा अन्त कतै सेभ गर्नुहोस । सेभ गर्ने बेलामा यसको नाम eicar.com राख्नुहोस (नाम फेर्न पनि सक्नुहुन्छ) र Save as type: मा "All Files" गर्नुहोस र Save दबाउनुहोस (तलको चित्र हेर्नुहोस)।

अब तपाईको कम्प्युटरमा तलको चित्रमा जस्तो फाईल बन्ने छ । अब यदि तपाईँको एन्टिभाइरसले काम गरिरहेको छ भने, तपाईँले सो फाईललाई आफ्नो एन्टिभाइरसले स्क्यान गर्ने बित्तिकै यो फाईललाई तपाईँको एन्टिभाइरसले भाइरस भएको चेतावनी दिन्छ । यी त भए कम्प्युटर भाइरसका सामान्य लक्षणहरु र तिनलाई जाँच्ने समान्य उपाएहरु । अब यी भाइरसहरु कसरी सर्छन् र कसरी आफ्नो कम्प्युटरलाई सक्रमणबाट जोगाउने तर्फ लागौँ ।

कसरी हुन्छ त यसको संक्रमण

कम्प्युटर विज्ञानको विकास सँगसँगै, झन् झन् नयाँ-नयाँ, अति सूक्ष्म र अझ घातक भाइरसहरू बन्ने क्रम पनि जारी छ र आधुनिक भाइरसहरू पारम्पारीक भाइरस भन्दा ‘स्मार्ट’ भएकाले नयाँ नयाँ मार्गद्वारा कम्प्युटरमा संक्रमीत हुन्छन् । तैपनि सामान्यतया कम्प्युटरमा भाइरस कसरी आफ्नो कम्प्युटरमा प्रवेश गर्छन् भन्ने जानी राख्दा सो रोकथाम गर्न मद्दत मिल्छ । कुनै पनि कम्प्युटरमा साधारणतया निम्न माध्यमद्वारा भाइरसहरु प्रवेश गर्छन्:

पोर्टेवल मिडियाहरुको प्रयोग: पेन ड्राइव, सिडि, मेमोरी कार्ड र पोर्टेवल हार्डडिस्कहरु डाटा सेयर गर्ने सरल साधन भए पनि भाईरस सार्ने पनि प्रमुख माध्यम पनि हुन । त्यसैले कुनै नयाँ मिडियाहरु कम्प्युटरमा जोडनुपूर्व त्यसमा भाइरस भए-नभएको जाँच गर्नु पर्छ वा एन्टि भाइरसद्वारा स्क्यान गरेर मात्रै खोल्नु पर्छ।
इन्टरनेट र इमेल: इन्टरनेट र इमेल पनि सञ्चार जगतका सबैभन्दा विकसित र सरल माध्यम मात्रै नभई, भाइरसका प्रमुख स्रोत पनि बन्न सक्छन् । कुनै अपरिचित व्यक्तिबाट आएको इमेल र विशेषगरी एटेचमेन्ट खोल्दा साबधानी अपनाउने, शंकास्पद लिन्कमा क्लिक नगर्ने आदिबाट पनि भाइरसबाट केही हदसम्म बच्न सकिन्छ ।

अपरिचित सफ्टवेयर र अवैधानिक डाउनलोड: आजकल हरेक कामको लागि भिन्न भिन्न सफ्टवेयर वा प्रोग्राम पाईन्छन् यस्ता कैयन सफ्टवेयरसँग भाइरसहरू पनि मिसिएर आउन सक्छन् । त्यसैले सकेसम्म नयाँ नयाँ सफ्टवेयर खोज्ने धुनमा अपरिचित सफ्टवेयरहरु डाउनलोड नगर्ने र परिचित सफ्टवेयरकै हकमा पनि सम्बन्धित वा आधिकारिक वेवसाईट बाट मात्रै डाउनलोड गर्ने गर्नु पर्छ ।

LAN र पब्लिक नेटवर्क: आजकल स्कूल, कलेज र कार्यालयहरूमा धेरै कम्प्युटरहरूलाई एक-आपसमा जोडेर राखिएको हुन्छ । कुनै एउटा काम धेरै जना मिलेर गर्न वा इन्टरनेट र अन्य संसाधन बाँड्न यो तरिका एकदमै प्रभावकारी भएपनि यसरी धेरै कम्प्युटरहरू जोडिएका सञ्जालमा सुरक्षाको सही व्यवस्था भएन भने सञ्जालमा भएका सबै कम्प्युटरहरु संक्रमित हुन सक्छन् । साथै, होटल, रेस्टुरेण्ट वा अन्य सार्वजनिक स्थानमा भएका ‘हट स्पट’ वा पब्लिक नेटवर्कमा पनि आफ्नो कम्प्युटर जोड्दा सुरक्षाको ख्याल राख्नै पर्छ .धन्यवाद !!! By Tika Rai!!

के तपाईँलाई गुगलका यीजादूहरुको बारेमा थाहा ?
Labels: कम्प्युटर कुना, जानकारी
ईन्टरनेट प्रयोगकर्ताको लागि एकदमै परिचित नाम मात्रै हैन, प्राय: कुनै पनि सूचना वा जानकारी लिनको लागि रोजिने एउटा खोजी सहायक ज्ञान भण्डार नै पनि हो तर प्राय: गुगललाई केही शब्द, वाक्य वा सिमित सूचना प्रविष्ट गरेर सो बारेमा जानकारी लिने सयन्त्रको रुपमा मात्रै बढि प्रयोग गरिने गरेको
वास्तबमा गुगलबाट कुनै शब्द वा वाक्यांशको आधारमा जानकारी खोज्ने मात्रै हैन, अन्य धेरै कामहरु गर्न सकिन्छ। साथै केही यस्ता तरिकाहरु छन्, जसका मद्दतले हामी आफूलाई चाहिएको सूचना वा जानकारी अझ छिटो वा सरल तरिकाले प्राप्त गर्न सक्छौं आजको पोस्टमा गुगलका यस्तै उपयोगी तर कम जानकारीमा रहेका केही उपयोगिताहरूको चर्चा गर्दै छु :
गुगलका केही छरितो उपयोग वा जादूको कुरा गर्नु अगाडि एउटा कुरा: यसका कुनै कुनै अनुप्रयोगहरुले अंग्रेजी भाषा माध्यममा मात्रै काम गर्ने हुनाले यदि तपाईको गुगलको भाषा माध्यम अंग्रेजीमा छैन भने पहिला www.google.com मा गएर पेजको माथील्लो दायाँ भागमा भएको विकल्पबाट भाषालाई अंग्रेजीमा बदल्नुहोस (Search Settings>>Interface Language मा गएर ‘English’ चयन गरी ‘Save Preferences’ वा प्राथमिकताहरु>>माध्यम भाषा मा गएरअँग्रेजीचयन गरीमेरो रोजाइहरु सम्झनुहोस्गर्न सकिन्छ)
शब्दकोषको रुपमा प्रयोग गर्नुहोस: माथी भनेजस्तै गुगलले, सर्च इन्जिनको मात्रै नभइ शब्दकोषको पनि काम गर्न सक्छ। यदि तपाईँलाई कुनै (अंग्रेजी) शब्दको माने आएन भने तपाईँ www.google.com मा जानुहोस आफूले नबुझेको शब्दलाई define: लेखेर सो भन्दा पछाडि खोजी कोष्ठमा हाल्नुहोस् उदाहरणको लागि यदि तपाईँलाई quantum को अर्थ थाहा भएन भने गुगलको सर्च बक्समा define: quantum लेख्नुहोस् कम्प्युटरको इन्टर दबाउनुहोस। तपाईँको स्क्रिनमा तुरन्तै सो शब्दको विविध अर्थ प्रयोगहरुको सूची देखिने चित्रमा हेर्नुहोस:(चित्रमा ‘Siddhi’ शब्दको अर्थ खोजिएको )
Google as dictionary
दूरी, तौल आदि रूपान्तरण: यदि तपाईँलाई एक मिटर बराबर कति फिट हुन्छ, केजी भनेको कति पाउण्ड हो वा १० किलोवाटमा कति हर्स पावर (अश्वशक्ति) हुन्छ भन्ने जान्नु वा यस्तै गरी अन्य तौल, दूरी घनत्व वा तापक्रम आदिको रूपान्तरण गर्नु भने पनि गुगलबाटै यसको हल निकाल्न सक्नुहुन्छ
Energy conversion
उदाहरणको लागि यदि तपाईँलाई मिटरमा कति फिट हुन्छ भन्ने हेर्नु भने गुगलमा 5 meters in feet लेखेर इन्टर दबाउनुस् वा एक किलोवाट भनेको कति अश्वशक्ति हो Google as unit convertorभन्ने बुझ्नु भने 1 kilowatt in horsepower लेखेर खोज्नुहोस। तुरुन्तै तपाईँको स्क्रिनमा यसको सही गणना इकाई देखिनेछन् (चित्रमा हेर्नुहोस) याद गर्नुहोस यो रुपान्तरण प्रक्रियामा तपाईँ, शब्दहरुका संक्षेप वा लघुरुप पनि प्रयोग गर्न सक्नुहुन्छ उदाहरणको लागि 2.5 m in in (2.5 meters in inches) 5 km in yrd (5 kilometer in yards) आदि आदि
मुद्रा रुपान्तरण: हो, गुगलको मद्दतले तपाई विश्वका धेरै प्रचलित मुद्राको रुपान्तरण वा विनिमय दर पनि निकाल्न सक्नुहुन्छ यो विनिमय दर तपाँईको स्थानिय बैंकको दरभन्दा केही फरक हुनसक्छ, तर सामान्यतया यो दरलाई तपाईँले तात्कालिन औसत दरको रुपमा लिन भने सक्नुहुन्छ नै
Nepalese Rupees in Japanese Yen
यदि तपाईँ कुनै एउटा मुद्रालाई अर्को मुद्रामा रुपान्तरण गर्न चाहनुहुन्छ भने चित्रमा जस्तै 100 USD in Nepalese Rupees वा 7000 Nepalese Rupees in Japanese Yen आदि लेखेर गुगलमा खोज्न सक्नुहुन्छ
क्याल्कुलेटर घडि: हुन आजकलको सबै कम्प्युटरमा यी दुबै कुरा हुन्छन् नै तैपनि इन्टरनेट चलाई रहेको बेलामा तपाईँलाई सामान्य हिसाब गर्नु पर्दा तपाईँ गुगलको सर्च बक्समा गएर 23456+2365-123 वा अङ्क अक्षरको मिश्रित प्रयोग गरेर 123+ one hundred twenty five वा 123+ one hundred twenty five/2 आदि टाइप गरेर गणितिय समस्या हल गर्न सक्नु हुन्छ
Nepal Time
घडिको प्रयोग भने अलि रमाईलो छ। तपाईँ जुनकुकै स्थानमा रहनु भएको भए पनि तपाईँ गुगलको सर्च ईन्जिनलाई ‘World time clock’ वा संसारको समय सूचकको रुपमा प्रयोग गर्न सक्नुहुन्छ उदाहरणको लागि तपाईले गुगलको सर्च बक्समा time Kathmandu टाइप गरेर सर्च वा खोजी मा क्लिक गर्नुभयो भने कम्प्युटर स्क्रिनमा तुरुन्तै नेपालको तात्कालिन समय देखिने

मौसम, आवास अन्य: यसैगरी विश्वका प्रमुख सहरहरुको तात्कालिन केही दिनसम्मका मौसम, विश्वका प्रमुख सहरहरुका होटेल, रेस्टुरेन्ट वा देशका मौसमहरुको विवरण पनि तपाईँ गुगलकै मद्दतबाट तुरुन्तै सरल रुपमा प्राप्त गर्न सक्नुहुन्छ
weather kathmandu यदि तपाईँलाई काठमाण्डौंको यो हप्ताको मौसमको जानकारी लिनु भने गुगलको सर्चबक्समा weather Kathmandu टाईप गरेर ईन्टर दबाउनुस् तुरुन्तै तपाईँको मोनिटरमा काठमाण्डौंको तात्कालिन केहीदिनका मौसमी विवरणहरु देखिने छन् त्यसै गरी तपाईँ hotel Kathmandu, temple kathmandu वा college Kathmandu आदि शब्द टाइप गरेर ईन्टर दबाउनु भयो भने तपाईँले आफ्नो मोनिटरमा गुगलको नक्शा सहितको स्थानीय होटेल, कलेज वा अन्य सार्वजनिक स्थानको जानकारी पाउन सक्नुहुन्छ
द्रुत खोजीका केही तरिकाहरू: सामान्यतया सर्च बक्समा कुनै शब्द वा वाक्यांश हाल्दा गुगलले सो शब्द वा शब्द समुह भित्रबाट बन्न सक्ने अन्य कुराहरु पनि खोज्छ। उदाहरको लागि तपाईले गुगलमा भिमसेन लेखेर खोज्नु भयो भने भिमसेन देवता, भिमसेन मन्दिर, भिमसेन थापा वा भिमसेनस्थान आदि हजारौंको संख्यामा नतिजाहरू देखिनेछन् त्यस्तैगरी तपाईले भिमसेन थापा लेखेर सर्च गर्नु भयो भने पनिभिमसेनशब्द भएको पेज वा पेजको कुनै ठाउँमा भिमसेन अर्कै ठाउँमाथापाभएको पेज पनि नतिजामा देखिने छन्। यसरी कुनै पनि जानकारी खोज्दा निकै समय लाग्न जान्छ त्यसैले खोजीलाई छिटो सरल बनाउन तलका तरिकाहरु प्रयोग गर्नुहोस्:
शब्द किटेर खोज्नुस: माथी भनेजस्तै सामान्य खोजीमा समय धेरै लाग्ने भएकोले शब्द किटेर खोज्नुहोस। यसो गर्न आफूले खोज्न चाहेको शब्द वा शब्द समुहलाई उद्दरण चिन्हभित्र हालेर खोजेमा गुगलले केवल ठ्याक्कै सो शब्द समुह रहेको पेज मात्रै खोज्नेछ
Quoted search जस्तै तपाईँलेपशुपति साधना” (उद्दरण चिन्ह समेत हालेर) खोज्नु भयो भने नतिजामा पशुपति शमशेर, पशुपतिमा साधना, पशुपति नजिकैको मन्दिर वा पशुपति जस्तै मन्दिर आदि नतिजाहरु देखिदैनन् केवल पशुपति साधना सम्बन्धि (पशुपति साधना सँगसँगै दुरुस्तै भएका) पेजहरु मात्रै देखिनेछन्। तपाईँ आफूले चाहेका दुरुस्तै शब्दहरु भएका नतिजा खोज्न सधैं ती शब्द समूहहरूलाई उद्दरण चिन्हभित्र हालेर खोज्न सक्नुहुन्छ यसो गर्दा आफूले ठ्याक्कै खोजेको नतिजा मात्रै त्यो पनि छिटो देखिनेछ फर्म्याट तोकेर खोज्नुस: तपाईलाई कुनै पनि व्यक्ति, चिज वा कुनै कुराको विशेष खवर वा सूचना लिनु वा कुनै कुराको बारेमा कुनै विशेष फर्म्याटका फाईल खोज्नुछ भने भने पनि सर्च वा खोजी गर्ने बेलामा नै सो फाईल फर्म्याट तोकेर खोजी गर्न सक्नुहुन्छ
Search File format उदाहरणको लागि तपाईलाई घरायसी वायरीङ कसरी गर्ने भन्ने बारेमा पिडिएफ फाईल चाहिएको भने सर्च बक्समा सुरुमै home wiring filetype:pdf लेखेर खोज्नुस। तुरुन्तै तपाईँले खोजैकै फर्म्याटमा सो सूचना वा सामाग्री फेला पार्नुहुन्छ त्यसै गरी तपाईँले US Visa Instruction filetype:doc लेखेर खोज्नु भयो भने अमेरिकन भिसाको बारेमा जानकारी दिने वर्ड फाईल नै भेट्नुहुन्छ तपाईलाई कार्यालय वा पढाईको प्रयोजनको लागि बिल, बीजक वा इन्भ्वाइस बनाउनु त्यसको कुनै स्याम्पल वा नमूना चाहिएमा तपाईँ गुगलमै invoice sample filetype:xls गरेर खोज्न सक्नुहुन्छ यसो गर्दा माईक्रोसफ्ट एक्सएलको फर्म्याटमा उपलब्ध नमूना तपाईँले तुरुन्तै हेर्न डाउनलोड गर्न पनि सक्नुहुन्छ

यस्तैगरी आफ्नो वैयक्तिक विवरण बनाउन नमूना चाहिएमा resume sample filetype:doc खोजी गरेर वर्ड फर्म्याटमा वायोडाटाका नमूनाहरु तपाईँ घर बनाउँदै हुनुहुन्छ भने समेत 3 bedroom floor filetype:pdf लेखेर कोठे घरका नमूना नक्शाहरु PDF फर्म्याटमा खोज्न, डाउनलोड गर्न सक्नुहुन्छ
गर्न सकिने यस्ता अरुपनि धेरै कुराहरु छन् तर आजको लागि भने यत्ति नै। तपाईँसँग पनि यस्तै केही जादूहरु छन भने बाँढ्नु होला !
The History of Computers


• The KT333 and VT8233A chipset is a high performance, cost-effective and energy efficient system controller for the implementation of AGP / PCI desktop personal computer system based on 64-bit Socket-A (AMD Athlon) processors.
• Make sure that +5V DCV and +3.3 DCV capabilities of your power supply are suitable for the processor.
• Any attempt to operate the AMD Athlon or Duron processor without a suitable cooling Fan will damage processor and other component.
• Make sure you have the correct memory module type for your mainboard.
• Insert the module(s) as shown below, DIMMs have 184-pins and one notch that will be matched by the onboard DIMM slot. Memory modules are installed by inserting them straight into the slot until they “click” in the right place. They only fit in one direction, so do not force them in by a wrong direction.
• Press down the holding clips on both sides of a DIMM slot and the module will be released from it.
• This AGP slot supports both 4X and 2X AGP cards. An AGP 4X card will support a double transfer rate of an AGP 2X card.
When AGP 4X card is used on board, it runs with 1.5V voltage. In case of overclocking, the AGP 4X voltage can be raised by 0.1 stepping by adjusting JP1 and JP2, so as to support a higher transfer rate.
 

Category : Mainboard
Website : www.motherboards.org
Download : 120 times
View Online : Preview
Language : English
Size : 2 Mb
Download Soltek Mainboard SL-75DRV5 User Manual V2.0.ppt


If you want to know about Laptops???
2) Dell laptops
3) Acer Laptops
4) Toshiba Laptops
5) HP Laptops
6) Compaq Laptops
7) Sony Laptops
Be careful with attachement
We've seen the W32.Beagle, W32.Netsky, MyDoom, and so on. Most of these viruses were transported or replicated from pc to pc-using email attachments. These are easy to spot if you're paying attention, simply because they are usually executable files, but not always.

Some attachments contain Macros (simple programs that run within other programs, all the titles in Microsoft Office use macros). If you're not that familiar with spotting file extensions, don't worry, that's what I'm here to talk about today. If you are a little hazy on the whole "file extension" thing then let's spend a few moments explaining it.
File extensions are what tell the program how to treat a particular piece of data. For example, most people are somewhat familiar with .doc or a .txt file extensions these are both text documents and when the user opens this file the Operating System looks at this extension and then knows how to open it.
Hackers try to use some sort of eye-grabbing ploy to get you to open their email and activate the virus, which is always an attachment. Most Anti-virus nowadays stops, or at least warns, you of these high risk attachments and even take measures to protect you. However, on the average 10-15 new viruses are created every day and I personally wouldn't count on any program to 100% protect my pc. That's why I scrutinize any email, if I wasn't expecting an attachment, I won't open it until I had a chance to talk to the sender.
Some of the more common file types used to hide viruses include:
.scr - Windows Screen Saver - USE CAUTION if you receive a screen saver via email. They can contain worms or viruses
.pif - DO NOT OPEN! This is most likely a virus. Clicking it will run a program or code that can mess up your computer.
.exe - executable file - a program that contains a virus, Trojan horse, or worm
.pps - MS PowerPoint (can contain macro virus)
.zip - Zip (compressed) file
.vbs - Visual Basic script
.bat - Executable MS-DOS batch file
.com - DOS executable command
.asp - active server page - internet script
.doc - Word document (can contain macro virus)
.xls - Excel file (can contain macro virus)
This is in no way a complete list. Just because an attachment may have one of these extensions doesn't mean that it is a virus, but it should send up warning flags. Hackers use clever subject lines, and viruses can appear to come from a friend so keep on your toes and don't fall victim to their deceptive traps. Scan those attachments and verify with the sender before opening.

To fix lost password in Windows XP


कहिले खाली जानी वा नजानी कुनै पनि कुरा बिर्सिन सक्छ, अरुमा त फरक नपर्ला तर तपाईंले आफ्नो कम्प्युटर खोल्नको लागि राख्नु भएको password नै बिर्सिनु भयो भने चाँही समस्या पर्न सक्छ हैन र ?
यदि तपाईं password बिर्सेंर आफ्नो कम्प्युटर खोल्न समस्यामा पर्नु भएको छ भने तल उल्लेखित केही tips को प्रयोग गरेर password लाई हटाउन सक्नु हुन्छ ।


१) जब तपाईं कम्प्युटर स्टार्ट गर्नु हुन्छ त्यती बेला F8 कि press गर्नुहोस् ।
२) तपाईंले boot menu option देख्न सक्नु हुनेछ र त्यहा तपाईंले "Safe Mode" लाई छान्नुहोस् ।
३) जब "Safe Mode" मा जानु हुन्छ तपाईंलाई password सोधिने छैन र तपाईंको कम्प्युटर खुल्नेछ ।
४) कम्प्युटर खुलिसकेपछि run मा जानुहोस् र त्यहा nusrmgr.cpl टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
५) windows user account पेज खुल्नेछ । त्यहा तपाईंले password protect गर्नु भएको account खोल्नुहोस् र password लाई delete गरिदिनुहोस् ।
६) अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंको password हटिसकेको हुनेछ ।
७) अब तपाईंले फेरी आफ्नो कम्प्युटरलाई नयाँ password ले protect गर्न सक्नु हुनेछ ।

एउटा key को भरमा सबै active विन्डोहरुलाई hide गर्नुहोस्!!!

Magic Boss Key एउटा यस्तो application हो जसले तपाईंले छान्नु भएको hot key को प्रयोग सँगै आफुले हेरीरहेको सबै window प्रोग्रामहरु immediately Hide गरिदिन्छ

हामी धेरैजसो नेट surf आफ्नो office hours मा गर्छौ अथवा आफ्नो घरमै पनि ... र केहीले काही हामीलाई यो समस्या अपर्झत आई पर्ने गर्छ । जस्तै कि हामीले कुनै वेब साईट वा अरु कुनै application वा कुनै फोल्डर हेरिरहेका हुन्छौ र अपर्झत हाम्रो अफिसको boss वा घरमा अरु कोही आउँदा हामीलाई disturb हुन्छ , हामी यो चाहन्छौ कि आफुले हेरीरहेको फाइल फोल्डर वा वेब पेजहरु उक्त ब्यक्तीले नहेरुन अथवा भनौ उसले थाहा नपाओस । अब तपाईं सोच्नुहोस् कि कसरी तपाईंले ति सबै फाइल, फोल्डरहरु, वेब साईटहरु अथवा अरु केही एकै चोटि बन्द गर्न सक्नु हुन्छ ??? लौ एकछिनको लागि सोचौ कि तपाईंले ति फाइल फोल्डर वा भिडियोहरुलाई minimize गर्नु भयो तर उक्त ब्यक्तीले minimize भएका ति window हरुलाई अबस्य पनि देख्छ ।
के यस्तो केही उपाए वा application छैन जसको प्रयोग गरेर एउटा key वा माउसको क्लिक द्वारा ति सबै window हरुलाई लुकाउन सकियोस ???

अबस्य पनि छ ।

तल दिईएको application को सहायताले तपाईंले यो समस्या बाट मुक्त हुन सक्नु हुनेछ । तपाईंले यो application डाउनलोड गरेर आफ्नो कम्प्युटरमा install गर्नु पर्ने हुन्छ र option मा तपाईंले आफ्नो hot key छानेर राख्न सक्नुहुनेछ र उक्त hotkey थिचेर तपाईंले आफ्नो कम्प्युटरको use भईराखेको सबै window लाई एकै चोटि hide गर्न सक्नुहुनेछ ।
Application डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला ।
अथवा यहाँ क्लिक गर्नुहोला