Tuesday, May 3, 2011

नभेटिने क्षितिज

इच्छा र आवस्यक्ताको बिचमा हामीले स्पष्ट सीमारेखा खिच्न सक्यौ भने संसारका धेरै समस्याहरु स्वत: हराएर जानेछन्। झट्ट हेर्दा इच्छा र आवस्यक्ता समान देखिए पनि यिनिहरु बिचमा धेरै ठुलो अन्तर छ, र यहि अन्तर बुझ्न नसकेर मानिस यति तनाबमा बाच्न वाध्य भएकाछन्। आवास्तक्ताहरु अस्तित्छगत हुन्छन्, र ती बिना जीवा असंभव हुन्छ। तर इच्छाहरु अस्तित्छगत नभएर मष्तिकबाट पैदा हुन्छन् र असिमित छन्। आज सम्म कसैको इच्छा पूर्ण रुपले पुरा हुन सकेको छैन। तर, यस चराचरमा सबैका आवस्यकताहरु साधारणत:पुरा भैतहेकाछन्, मनुष्यको पनि सजिलै पुरा हुन सक्छ। आवास्यकताहरु सहज र स्वाभाविक हुन्छन, तर इच्छा जटिल र कृतिम। सहज र स्वाभाविक भइकाले आवास्यकताको पूर्ति सम्भव छ, तर इच्छा अस्वाभाबिक भएकोले पूर्ति सम्भव हुदैन।


मनुष्यले उसको आवास्यकता र इच्छा बिचको स्पष्ट सीमारेखा बुझ्नुपर्छ, र सबै आवास्यकतालाई स्विकार गर्नुपर्छ, इच्छाहरुलाई त्याग्दै जानुपर्छ। मानिसको आवास्यकता के हो? भोजन, आवास, वस्त्र रएक प्रेमपूर्ण र स्वतन्त्र परिवेस। प्रकृतिसँग सबैको आवास्यकता पुरा गर्न सक्ने क्षमता भइकोले मानिसले आफ्ना आवास्यकता सिमित गर्यो भने सबैको आवास्यकता पुरा हुन सक्छ र यो संसारमा शान्तिको एक सुन्दर फुलबारी बन्छ। तर यसको मुख्य बाधक मानिसको असिमित इच्छाहरु नै हुन्। किनकी उ धेरै अनावस्यक कुराको मालिक आफु नै बनूँ भन्ने आकाङक्षा राख्छ, र जति सम्पति कमाएपनि अतृप्त नै रहन्छ। यसैबाट शोषणको जाल र असमानताको खाडल पनि पैदा हुन्छ।

मिठो खानु, राम्रो लगाउनु, राम्रो आवास र सह्रदयीसँग सहवास मानिसका मौलिक आवास्यकता हुन, तर सबै पारस्पारिक धर्महरुले यी आवास्यकताहरुलाई घोर सांसारिक भनि विरोध गर्छन, र हनेक बाहानामा नँया नँया इच्छाहरु पैदा गरिदिन्छन-स्वर्ग जाने, ईश्वर पाउने, अनेक स्वाङ रचेर नाम र प्रतिष्ठा कमाउने। यो सबै असन्तुष्ट र महत्वकांक्षी मनहरुबाट पैदा भएका कहिल्लै पुरा नहुने सपनाहरु हुन। सबै धर्मशास्त्रहरु र धर्मगुरुहरु आलोचना गर्दै भन्छन:”मानिस खान लाउन र सुत्नमा नै जीवन विताउछ।“। यसैमा मात्र सिमित रहेर मानिस जनवार भन्दा उत्तम हुन सक्दैन र जीवन ब्यर्थ जान्छ। तर मानिस सांसारिक या धार्मिक, अनियन्त्रित इच्छाहरुका पछाडी लागेर आजको मानिस सारै अस्वभाविक र पाखन्डी भइसकेको छ। यथार्थमा त मानिसले जनवार जतिको सहज र प्राकृतिक जीवन जीउन सक्यो भने पनि उसको अधिकांश समस्या स्वत: समाधान भएर जानेछन्।

आवास्यकताहरु वर्तमान हुन, इच्छाहरु भविश्यमुखी। भोकाइएको र तिर्खाइएको छ भने त्यो नैसर्गिक आवास्यकता हो, र यसलाई सामान्य भोजन र पानीबाट तृप्त गर्न साकिन्छ। तर मन्त्री बन्ने चाहाना भने आवास्यकता हैन, इच्छा हो। यो आफ्नै अहङकारले रचेको भविष्यको सपना हो। यदि इश्वर या स्वर्ग खोज्ने काममा लागिन्छ भने यो पनि आवास्यकता हैन, मनले भविस्यको लागि खोजेको सुरक्षा हो र यसको वर्तमानको यथार्थसँग कुनै सम्बन्ध छैन।

मनुष्यको मन अनन्त इच्छाहरुले बनेको हुन्छ, र त्यहि मनले नै भविस्यमा यी इच्छाहरुको पूर्ति गर्ने उपाय खोजिरहेको हुन्छ। तर , यो प्रयासमा उ कहिल्लै पनि पुर्ण सफल् हुन सक्दैन, किनभने इच्छाहरु क्षितिज जस्तै हुन् । क्षितिजमा हेर्दा आकाश र जमिन मिलेको ठाँउ नजिकै जस्तो लाग्छ तर, जति अगाडी गए पनि क्षितिज भेटिन्दैन।

अझै अगाडी गए यो मिलनको आभास अगाडी सर्दै जान्छ। क्षितिज मिलन हैन तर त्यस्तो देखीन्छ। त्यस्तै इच्छाहरु भविस्यमा पुरा हुने भान मात्र हुन, कहिल्लै पुरा हुदैनन्। आज यदि हामीसवग दस हजार छ, र त्यसलाई एक लाख बनाउने इच्छा छ भने जुन दिन त्यो एक लाख हुन्छ, त्यसै क्षण मनले दस लाख बनाउने कल्पना गर्छ। दस लाख भयो बने मन करोड बनाउने ध्याउन्नमा लाग्छ। यसरी मन र इच्छाको दुरि सधैँ त्यतिको त्यतिकै हुन्छ। यो दुष्चक्र क्षितिज जस्तै अगाडी सर्दै जान्छ। यसैलाई हिन्दुहरुले माया भनेकाछन्।

इच्छाहरु बढो अस्वाबाविक र जटिल हुन्छन्। आजका अधिकांस मनुष्यको दु:ख र निरासाको उसका आवास्यकता पुरा नभएर हैन, इच्छाहरु पुरा नभएर हो। इच्छा पूर्तिको प्रयासले कहिलेकाहि कति धेरै समय र शक्ति लिन्छ भने आफ्ना आवास्यकताहरु पनि अपुरै रहन्छन्। महत्वकांक्षी ब्यक्तिहरुले कामना पूर्तिको लागि निन्द्रा, भोक र प्रेम जस्तो नैसर्गिक आवास्यकताहरुको बेवास्ता गर्छन्। तर, मनुष्यले अन्तमा पाउछ-इच्छाहरु त अधुरै रहे र यो अन्धो दौडमा नैसर्गिक आवास्यकताहरुको पनि बेवास्ता भयो। त्यति बेला सम्म समय बिति सकेको हुन्छ। तसर्थ सबै महत्वकांक्षीहरु निरासामै मर्छन्।

आजका अधिकांस रोगको जरो तनावग्रस्त मनमा गाडिएको छ। ह्रदयरोग, उच्च रक्तचाप, क्यान्सर, अनिन्द्रा, मधुमेय, मोटोपन लागुपदार्थको अतिव्यसन यि सबै महत्वकांक्षी ब्यक्तिहरुको रोगहरु हुन्। कुपोषण, मलेरिया, टि.बी., हैजा जस्ता रोगहरु गरिबीका कारण जन्मन्छ, र गरिबी विश्वका केहि राष्ट्र र ब्यक्तिहरुको अति महत्वकांक्षाबाट ।

सन् १९९८ का केहि अचम्म लाग्ने आर्थिक तथ्याङहरु हेरौ: जसले आवास्यकता र इच्छाहरुको बिचमा भैरहेको असमानुपातिक खर्चको तथ्याङहरु देखाउछ।
• विश्वभरि वाल शिक्षामा खर्च ६ अर्ब डलर
• अमेरिकामा मात्र कस्मेटिकमा हुने खर्च ८ अर्ब डलर
• आधारभूत स्वास्थ र पोषणको लागि विश्वभरिको खर्च १३ अर्ब डलर
• यूरोपमा आइसक्रिम र परफ्यूममा खर्च २३ अर्ब डलर
• यूरोपमा चुरोटमा खर्च ५० अर्ब डलर, अल्कोहलमा खर्च १ सय ५० अर्ब डलर

विश्वव्यापी रुपमा प्रत्येक वर्ष हातहतियारमा लगभग ९ सय अर्ब डलर खर्च हुन्छ, त्यसको एक प्रतिशतमात्र यदि शिक्षा वा खानेपानीको व्यवस्थामा थपेको भए विश्वका सबै बालबालिकाले निशुल्क: स्कुल जान पाउथे, पर्याप्त खानेपानी नपाउने आधा जनसङख्याले शुद्ध पानी पिउन पाउँथ्यो। उक्त तथ्याङले देखाउँछन विश्व अर्थतन्त्रको कति सानो भाग मनुष्यको आवास्यकताहरुको पूर्तिमा लागेको छ, र कति ठुलो धनरासी बिध्वसं, विलाशिता र अकाँशिदो इच्छाहरुको पूर्तिमा खर्च भइरहेको छ।
विश्वको मुख्य समस्या गरिबि होइन, समस्या हो-मनुष्यको अविवेक, युद्द उन्माद, जातिय अहङकार, संवेदनहिनता र अनियन्त्रीत विलासिता।

About the Author
लेखक आई.टी.को र दर्शन शास्त्रको पाठक विद्यार्थी हुनुहुन्छ ।

No comments:

Post a Comment